कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० तोला सुन उपहार विद्यासागरलाई

काठमाडौँ — कान्तिपुरको ‘स्वर्णपुर २ ग्राहक योजना’ अन्तर्गत पहिलो महिनाको १० तोला सुन काठमाडौंका विद्यासागर श्रेष्ठले प्राप्त गरेका छन् ।

१० तोला सुन उपहार विद्यासागरलाई

सामाखुसी निवासी श्रेष्ठलाई साप्ताहिक र नारीका प्रधान सम्पादक सुवास ढकालले मंगलबार कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा उपहार हस्तान्तरण गरे । कान्तिपुर राष्ट्रिय दैनिकको वार्षिक ग्राहक बनेबापत उनले १० तोला सुन पाएका हुन् ।


यो योजनाअन्तर्गत् वार्षिक ग्राहक बनेबापत हरेक साता एक किलो चाँदी, हरेक महिना १० तोला सुन र बम्परमा एक किलो सुन उपहार दिइने छ ।


त्यस्तै, वार्षिक ग्राहक नयाँ वा नवीकरण गर्दा हातखाली नहुने स्क्र्याच कार्डमार्फत् नगद २ सयदेखि २५ सयसम्म, ल्यापटप, एलईडी टीभी, स्मार्ट फोन, वाटरप्युरिफायर, इमरजेन्सी लाईट, ब्लुटुथ स्पिकर, पावरबैंक, घडी र गिफ्ट भौचर देशैभर लागू गरेको छ ।


नेपालभरी सञ्चालनमा रहेको ग्राहक योजनामा हजारौँ संख्यामा ग्राहकको उत्साहजनक सहभागिता छ । यसपालिदेखि विक्रेता तथा स्टेसनरी सञ्चालकहरुले समेत ग्राहक बनाएबापत १ किलो चाँदी, एलईडी टिभी, ल्यापटपका साथै विदेश यात्रा र बम्परमा कार उपहार राखिएको जानकारी कान्तिपुर मिडिया ग्रुपका एजीएम सुनिल बशिष्ठले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ८, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?