कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कार्निभलमा नेपालको सहभागिता

काठमाडौँ — जर्मनको राजधानी बर्लिनमा भएको २२ औं कार्निभलमा नेपालले सहभागिता जनाएको छ । नेपालको तर्फबाट यो छैटौ सहभागिता हो । उक्त सडक महोत्सवमा विश्वका करिब ४० देशबाट फरक फरक समूहमा आफ्नो झाँकी, नृत्यसहित आ-आफ्नो कला संस्कृति प्रस्तुत गरेका थिए ।

कार्निभलमा नेपालको सहभागिता

नेपाली दूतावास बर्लिन, नेपाल टुरिजम बोर्ड र एनआरएनए जर्मनीको सहयोगमा सहभागी नेपाली टोलीको व्यवस्थापन नेपाल स्टुडेन्ट सोसाइटीले गरेको हो । विभिन्न जातजातिको पोसाकमा सजिएका नेपालीहरुले आफ्ना कला-संस्कृति सम्बन्धित नृत्य झाँकी प्रदर्शन गरे । लाखौं दर्शकले प्रत्यक्ष र करोडौंले टेलिभिजनमार्फत अवलोकन गरेको सडक महोत्सवमा ३.५ किलोमिटरसम्म हिँड्दै ६८ वटा समूहले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए ।


कार्यक्रममा सहभागी भएपछि नेपाल टुरिजम बोर्डका सदस्य कृष्णबहादुर महराले आगामी दिनहरुमा हुने यस्ता कार्यक्रमहरुमा सहयोगलाई निरन्तरता दिने आश्वासन दिए । जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले कार्यक्रम सफल भएको दाबी गर्दै सबैको खुलेर प्रशंसा गरे । क्रार्यक्रमको संयोजन अशोक तिमल्सिनाले गरेका थिए ।


तस्बिर : नवीन पोखरेल

प्रकाशित : जेष्ठ ८, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?