कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हत्या आरोपमा दुई पक्राउ

भरत जर्घामगर

सिरहा — हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–७ का दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा–७ मरेवाका ४५ वर्षीय सुपेन्द्र यादवको हत्या आरोपमा सोही ठाउँका बन्ठा भनिने ५५ वर्षीय रामसेवक यादव र जंगली भनिने २८ वर्षीय अन्जनी कुमार कुशवाहा महतोलाई पक्राउ गरेको हो ।

हत्या आरोपमा दुई पक्राउ

गत बैशाख २१ गते यादव आफ्नै गाईगोठ भन्दा एक किलोमिटर पर मृत फेला परेका थिए । रिसइवीका कारण धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुबाट एक थान तरबारसमेत बरामद गरेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?