स्काभेटरसहित ट्रक कोसीमा खस्दा २ जनाको मृत्यु, ७ घाइते [अपडेट]

विराटनगर — स्काभेटर बोकेको ट्रक सुनसरीस्थित कोसी ब्यारेजबाट कोसी नदीमा खस्दा बुधबार २ जनाको मृत्यु भएको छ । अरु ७ जना गम्भीर घाइते भएका छन् । हेटौंडाबाट आउँदै गरेको राउत कन्स्ट्रक्सनको ट्रक कोसी नदीमा खसेको थियो ।

स्काभेटरसहित ट्रक कोसीमा खस्दा २ जनाको मृत्यु, ७ घाइते [अपडेट]

कोशीमा खसेर गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा ट्रक चालक सुनसरीका विनोद बराइली र स्काभेटर चालक सुनसरी झुम्काका घनश्याम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार र स्काभेटरका कर्मचारीसमेत गरी ९ जना कोशीमा डुबेका थिए । उनीहरुको तत्काल जिवितै उद्धार गरिएको थियो । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो ।


उद्धार गरिएकामध्ये गम्भीर घाइते सन्तोष अधिकारी, हरि मगर र मणिराज विश्वकर्मालाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार ना४ख ३५६ नम्बर स्काभेटरसहित ट्रक कोशी नदीमा खसेको थियो ।


प्रकाशित : असार ६, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?