३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लिची ठेक्कामा अनियमितता गरेको आरोप

कृष्ण थापा

नुवाकोट — उष्ण प्रदेशीय बागवानी विकास केन्द्रले लिचीको ठेक्का बोलकबोल नगरी मिलेमतोमा ठेक्का दिएको आरोप लगाएको छ ।

लिची ठेक्कामा अनियमितता गरेको आरोप

बागवानी केन्द्रले झापाका लिची ठेकेदार ललितबहादुर क्षेत्रीलाई ठेक्का दिएको बागवानी विकास केन्द्र प्रमुख रवीन्द्रकाजी थापाले बताए । ‘अरुले पनि फाराम लगेका थिए,’ उनले भने,‘गतवर्ष पनि उनैले ठेक्का लिएका थिए । उहाँको मात्र पऱ्यो ।’


बागवानी विकास केन्द्रले गत वर्षको आँकडा अनुसार २ लाख ५७ हजार रुपैयाँमा चैत ५ गते ठेक्का सूचना कार्यालय परिसरमा टाँस गरी २० गते ठेक्का क्षेत्रीको मात्रै परेको भनेर मिलाइएको थियो । लिचीको ठेक्का लिन आधा दर्जनभन्दा बढीले फर्म बुझाएको कार्यालयको स्रोतले जनाएको छ ।


बागवानी केन्द्रले वर्षेनी लिचीको ठेक्का लगाउने गर्छ । बागवानीमा २ सय ४५ वटा ठूला लिचीका बोट छन् । यो वर्ष लिची राम्रो फलेकाले ठेक्का समेत नबढाई ठेकेदारलाई दिएको स्रोतको दाबी छ । ठेक्का लिएका लिचीमा ठेकेदारले छिटो पाक्ने विषादी हालेर बजारमा बिक्री गर्ने गरेको छ ।


बागवानी विकास केन्द्रका लिचीमा विषादी प्रयोग गर्न पाइँदैन । लिची झार्ने बोटबाटै डाँठसहित प्रतिकिलो १ सय ३० रुपैयाँमा लिची बिक्री गरिएको छ । बागवानी विकास केन्द्रले आँप पनि नपाक्दै ६४ वटा बोट ठेक्का लगाएको छ ।


प्रकाशित : असार ६, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?