कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धनकुटामा योग शिविर

धनकुटा — ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस बिहीबार विशेष कार्यक्रम गरी मनाईएको छ ।

धनकुटामा योग शिविर

दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले बृहत योग शिविर तथा प्रवचन कार्यक्रम आयोजना गरेको छ ।


शिविरमा प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्र राई लगायत जिल्लास्थित विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता थियो । सो अवसरमा सहभागीहरुलाई योगको महत्व तथा आध्यात्मिक प्रवचन समेत दिएका थिए ।


यस्तै, केन्द्रले शुक्रबार जिल्ला कारागारका कैदीका लागि समेत योग शिविर आयोजना गर्ने जनाएको छ । यस्तै आयुर्वेद औषधालय धनकुटाले पनि प्रत्येक बिहान नियमित रुपमा योग साधना प्रशिक्षण दिँदै आएको जनाएको छ ।

प्रकाशित : असार ७, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?