२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भरुवा बन्दुकसहित ३ पक्राउ

लमजुङ — राइनास नगरपालिका-१० बोराङबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । 
घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको सूचना पाएपछि ४६ वर्षीय गाइने सुनार, २६ वर्षीय सन्तोष विक र ३९ वर्षीय गजेन्द्र विकलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।

भरुवा बन्दुकसहित ३ पक्राउ

प्रहरीले बुधबार गाइने सुनार र गजेन्द्र विकको घरबाट २ थान भरुवा बन्दुक बरामद गरेको थियो । यस्तै सन्तोष विकले छिमेकीको खेतबाट लुकाएर राखेको १ नाले भरुवा बन्दुक बरामद गरिएको छ ।


उनीहरुलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


यस्तै, प्रहरीले बेंसीसहर नगरपालिका-८ शेराबजारमाको खाजा पसलमा तास खेल्दै गरेका ५ जनालाई बुधबार पक्राउ गरेको थियो । उनीहरुको साथबाट नगद ४८ हजार ७ सय ५५ र १ सय ६० तासका पत्ति बरामद गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ७, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?