१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच भेटवार्ता

दुई मुलुकका प्रधानमन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका १० क्षेत्रमा सम्झौता भएको छ । सम्झौतामा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो ।


प्रधानमन्त्री केपी ओली आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसंग भेटवार्ता गर्नु अघि नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली झाङ्सुसँग भेट गर्दै । तस्बिर : सुधीर शर्मा/कान्तिपुर

यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको पनि बताइएको छ ।


उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली चिनियाँ जनसेनाबाट बिहीबार दिउँसो गार्ड अफ अनर ग्रहण गर्दै । तस्बिर : सुधीर शर्मा/कान्तिपुर ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको छ ।

प्रकाशित : असार ७, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?