स्याङ्जा — बहुविवाह मुद्दामा एक वर्ष छ महिना कैद सजाय तोकिएर फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट सादा पोषाकमा खटिएको टोलीले आँधीखोला गाउँपालिका–६ का ३४ वर्षीय चन्द्रप्रकाश ढकाललाई घरबाट बुधबार बेलुका पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालतले ०६४ असार ३२ गते कैद सजाय तोकेको थियो ।
पक्राउ गरिएका ढकाललाई जिल्ला अदालतमा पेस गरी बिहीबार जिल्ला कारागार चलान गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिए ।