यूएईद्वारा आप्रवासीलाई तीन महिने आममाफी 

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले स्थानीय आवासीय कानुनलाई उल्लंघन गरी अवैधानिक रुपमा बस्दै आएका आप्रवासीलाई तीन महिने आममाफी दिएको छ । यो व्यवस्था अगस्ट १ गतेबाट लागू हुनेछ ।

यूएईद्वारा आप्रवासीलाई तीन महिने आममाफी 

विदेशी कामदार मामिला तथा वन्दरगाहा विभागका कार्यवाहक महानिर्देशक सयीद रकान अल रस्हेन्दीका अनुसार अवैधानिक ढंगले बसेर काम गर्नेलाई अगस्ट १ देखि बिनासजाय स्वदेश फिर्न वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ ।


यूएईमा सिरिया, लिविया र यमनका नागरिक अविधानिक रुपमा बस्न थालेपछि यो कार्यक्रम ल्याइएको हो । यसबाट नेपालीलाई समेत राहत पुगेको छ ।


यूएईले ५ वर्षअघि आममाफी गर्दा ६२ हजार आप्रवासी लाभान्वित भएका थिए ।


प्रकाशित : असार ७, २०७५ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?