कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्युजिल्यान्डकी प्रधानमन्त्री आमा बनिन् 

बीबीसी

अकल्यान्ड — न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार बच्चा जन्माएकी छन् । केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी आर्डर्नले बिहीबार छोरीलाई जन्म दिएकी हुन् । 

न्युजिल्यान्डकी प्रधानमन्त्री आमा बनिन् 

आर्डर्न प्रधानमन्त्री पदमा बहाल रहँदा बच्चा जन्माउने बन्ने दोस्रो नेतृ हुन् । यसअघि पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो सन् १९९० मा प्रधानमन्त्री पदमा रहँदा आमा बनेकी थिइन् ।


आर्डर्नलाई राजधानी अकल्यान्डको एक अस्पतालमा बिहीबार भर्ना गरिएको थियो । छोरी जन्मिएपछि आर्डर्नले सामाजिक सञ्जालमार्फत अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छन् । आर्डर्नले आफूले जन्माएको बच्चाको तौल ३.३१ किलोग्राम रहेको जनाउँदै शिशुको स्वस्थ्य राम्रो रहेको उल्लेख गरेकी छन् ।


३७ वर्षीया आर्डर्नले ६ साताका लागि सुत्केरी बिदा लिएकी छन् । उनले बिदा लिएसँगै न्युजिल्यान्डका उप्रप्रधानमन्त्री विन्सटन पिटर्स कार्यबहाक बनेका छन् । यद्यपि उनले महत्त्वपूर्ण मुद्दाका साथै मन्त्रिपरिषद दस्तावेजबारे आफूले अध्ययन गर्ने जनाएकी छन् ।


सामाजिक सञ्जालमार्फत आर्डर्नले ‘आफूलाई निकै भाग्यमानी महसुस भएको’ बताएकी छन् । उनका प्रेमी क्लार्क गेफोर्डले ‘बच्चाको जन्मसँगै आफूहरुलाई निकै भाग्यमानी ठानिरहेको’ जनाए ।


आमा बनेलगत्तै आर्डर्नलाई विभिन्न राजनीतिज्ञले उनलाई न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुलले बधाई दिएका छन् ।


गत वर्ष अक्टोबरमा प्रधानमन्त्री पदमा निर्वाचित आर्डर्नले यसै वर्षको सुरुमा आफू गर्भवती भएको खुलासा गरेकी थिइन् । उनी सन् १८५६ यता सबैभन्दा कम उमेरमा न्युजिल्यान्डकी प्रधानमन्त्री बनेकी हुन् ।

प्रकाशित : असार ७, २०७५ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?