१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गैरकानुनी रुपमा काम गर्ने ६ टुरिस्ट गाइड पक्राउ

काठमाडौँ — गैरकानुनी रुपमा पथ प्रदर्शक (टुरिस्ट गाइड) को काम गर्दै आएका ६ जना पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पर्यटक पथ प्रदर्शक प्रमाणपत्र बनाई गैरकानुनी तवरले काम गर्नेलाई बुधबार पर्यटन विभाग परिसरबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको जनाएको छ ।

गैरकानुनी रुपमा काम गर्ने ६ टुरिस्ट गाइड पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौंका अनिल महर्जन, रमेश महर्जन, ललितपुरका राजीव महर्जन, अमृत डंगोल, भक्तपुरका किशोर चौगुठी, माधव चालिसे छन् । उनीहरुले स्नातक तह पास गरेको नक्कली सर्टिफिकेट पेस गरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट चाईनिज भाषाको पर्यटक पथ प्रदर्शक अनुमतिपत्र लिएर काम गर्दै आएका थिए ।


पर्यटक पथ प्रर्दशक हुन स्नातक तह पास गर्नुपर्ने र विदेशी भाषामा पोख्त हुनु पर्ने सरकारको मापदण्ड छ ।


उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गतको मुद्दामा म्याद थप लिई अनुसन्धान गरिरहेको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएको छ ।


प्रकाशित : असार ८, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?