स्वरेकमा एम्बुलेन्स सेवा 

स्याङजा — पर्यटकीय गाउँ स्वरेकमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सामाजिक सञ्जालबाट अभियान चलाएर गाँउमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।

स्वरेकमा एम्बुलेन्स सेवा 

स्वरेक जन्मथलो भई रोजगारीको सिलसिलामा कतार पुगेका युवाहरुको प्रस्तावमा एम्बुलेन्स संचालनमा आएको स्थानीय समाजसेवी घनश्याम पाण्डेले बताए । नमूना स्वरेक सामाजिक कोष कतारमा आबद्ध युवाहरुको प्रस्ताव अनुसार नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष समेत रहेका पाण्डेयले रकम संकलन गर्ने काम अगाडि बढाएका थिए ।


संकलित रकमबाट राजश्व छुटमा टाटाको सुमो फोर ह्वील गाडी खरिद गरेको हो । एम्बुलेन्स खरिद, दर्ता र बिमा प्रक्रिया पुरा गर्दा झण्डै ११ लाख खर्च भएकाे अध्यक्ष पाण्डेयले बताए ।


अभियानका संयोजक भेषराज पराजुलीले विदेशमा बसेकाले दु:ख गरेर कमाएको पैसा संलकन गरेर एम्बुलेन्स किन्न सफल भएको बताए । एम्बुलेन्स सञ्चालनका लागि अक्षयकोष आवश्यक पर्ने भएकोले अहिले संस्थाको आजीवन सदस्यता बनाउने काम सुरु गरिएको संस्थाका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले बताए ।


अभियानमा हालसम्म ११ लाख ६५ हजार ३ सय ३ रुपैया संकलन भएको र ११ लाख खर्च भएको सस्थाका सचिव इन्द्रप्रसाद पराजुलीले जानकारी दिए । एम्बुलेन्स खरिद गर्न सबैभन्दा बढी पोखरा माउण्ट कैलाश रिसोर्ट प्रालिका अध्यक्ष नरेश भट्टराईले ५५ हजार सहयोग गरेका थिए ।

प्रकाशित : असार ८, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?