कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतिविद् जोशीलाई सम्मान गरिने

काठमाडौँ — शान्तिनगरमा रहेको बेबिलोन नेसनल स्कुलले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गर्ने भएको छ ।जोशीलाई आइतबार ‘बेबिलोन स्रष्टा सम्मान २०७५’ बाट सम्मान गरिने विद्यालयका प्रिन्सिपल राजु राईले जानकारी दिए ।

संस्कृतिविद् जोशीलाई सम्मान गरिने

प्रिन्सिपल राईका अनुसार शताब्दी पुरुष जोशीलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद, ताम्रपत्रसहित सम्मान गरिने भएको हो ।


इतिहास तथा संस्कृतिको जगेर्ना, प्रवर्द्धन तथा संरक्षणमा जोशीले पुर्‍याएको योगदान स्वरूप उनलाई सम्मान गर्न लागिएको स्कुलले जनाएको छ । अभिभावक संयोजक कमला केसीका अनुसार सम्मान कार्यक्रममा विभिन्न नृत्य तथा वाद्यबादन प्रतियोगितासमेत गरिनेछ ।


बेबिलोन स्कुलले सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेसनल स्कुल अवार्ड २०१५–२०१८) हात पारेको छ ।


प्रकाशित : असार ८, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?