घुम्ती शिविरमा ६ सय ६५ लाई नागरिकता   

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिकाको गम्थामा संचालित एकीकृत घुम्ती शिविरमा ६ सय ६५ जनालाई नागरिकता वितरण गरिएको छ ।

घुम्ती शिविरमा ६ सय ६५ लाई नागरिकता   

एक साता लामो शिविरमा ३३ जनालाई नाबालक परिचयपत्र, ४८ जनालाई अपाङ्ग परिचयपत्र, २० जनालाई मालपोतबाट राजिनामा बकसपत्र लगायतका सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।


उक्त शिविरमा १ सय ३ वर्षकी एक महिलालाई पनि नागरिकता दिएको उनले बताए ।


शिविरमा स्थानीय तह प्रमुख–उपप्रमुख र वडाअध्यक्षलाई तीनदिने पारदर्शिता तालिमसमेत दिइएको छ ।

प्रकाशित : असार ८, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?