कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

३ नम्बर प्रदेशलाई नेवा: ताम्सालिङ नामकरण गर्न माग

काठमाडौँ — प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै काठमाडौंमा शुक्रबार प्रदर्शन गरिएको छ । नेवा : ताम्सालिङ समन्वय समितिको अगुवाईमा रत्नपार्क शान्तिवाटिकामा एक घण्टा धर्ना तथा कोणसभा गरिएको हो ।

३ नम्बर प्रदेशलाई नेवा: ताम्सालिङ नामकरण गर्न माग

प्रदर्शनमा विभिन्न दलका नेता, सामाजिक अगुवालगायत सहभागी थिए । कोणसभामा ऐक्यबद्धता गर्न पुगेका पूर्वमन्त्री एवं नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, राप्रपा नेता परशुराम तामाङले ३ नम्बर प्रदेशलाई नेवा-ताम्सालिङ नाम राख्न माग गरेका थिए ।


यसैगरी ताम्सालिङ सं‌युक्त संघर्ष समितिको संयोजक जय गोले तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ तामाङ, नेवा: दे दबुका महासचिव माइलाबाबु देउलालगायतले पनि साझा पहिचानमा आधारमा नामाकरण गर्नुपर्ने माग गरे ।

प्रकाशित : असार ८, २०७५ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?