ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

रासस

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । 
प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो । त्यस फिडरबाट विद्युत् आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तीसार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।


यसैगरी, नक्साल नारायणचौर, प्रहरी हेडक्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा पनि विद्युत् आपूर्ति बन्द हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।


पर्यटकीय क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने प्रभावप्रति प्राधिकरणले क्षमा मागेको छ ।

प्रकाशित : असार ८, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?