१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोष्टारिकामाथि ब्राजिलको विजय, नाइजेरिया र आइसल्यान्ड भिड्दै

रासस/एएफपी

मस्को — विश्वकपको उपाधि दाबेदार मानिदै आएको ब्राजिलले शुक्रबार भएको खेलमा कडा प्रतिस्पर्धाबीच कोस्टारिकामाथि २–१ गोलको जित हासिल गरेको छ ।

कोष्टारिकामाथि ब्राजिलको विजय, नाइजेरिया र आइसल्यान्ड भिड्दै

निर्धारित समयसम्म कुनै गोल नभएपछि छ मिनेट थप गरिएकोमा अतिरिक्त समयको पहिलो मिनेटमै ब्राजिलका कौन्टीन्होले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समय सकिनै लाग्दा नेइमारले अर्को गोल गरेर ब्राजिलका समर्थकहरुको चाहना पुरा गराएका थिए ।


नेइमारको गोलको व्यग्रप्रतिक्षामा रहेका उनका समर्थकहरूले उनको गोल हेर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिललाई शुक्रबारको खेलमा पनि कोस्टारिकाले निकै गाह्रो पारेको थियो ।


अधिकांश समय बल ब्राजिलका खेलाडीहरुले नियन्त्रणमा लिएर गोलपोष्टमा प्रहार गरेपनि कोस्टारिकाका गोलकिपर केलर नभासले गोल हुनबाट जोगाएका थिए । थपेको समयमा बल समात्नेक्रममा लडेर कोस्टारिकाका गोलकिपर घाइते भएपछिको समयलाई ब्राजिलले राम्रैसँग उपयोग गर्‍यो ।


ब्राजिलसँगको पराजयसँगै यस पटकको विश्वकपमा कोस्टारिका दुवै खेलमा हारेर स्तब्ध हुने देश बनेको छ । पहिलो खेलमा कोस्टारिका सर्बियासँग हारेको थियो ।


ब्राजिलबाट पनि विश्वकप सुरु हुनु अगाडी जुन तरिकाले अपेक्षा गरिएको छ । त्यो अनुसारको खेल प्रदर्शन हुन सकेको छैन ।


पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि ब्राजिलप्रतिको भरोसामा कमी आएको छ । कोस्टारिकामाथिको जितसँगै खेल सुधार्ने मौका भने ब्राजिलले पाएको छ ।


विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार नै नेपाली समय अनुसार पौने नौ बजेदेखि नाइजेरिया र आइसल्यान्डबीच भिडन्त भइरहेको छ । राति पौने १२ बजे सर्विया र स्विजरल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रकाशित : असार ८, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?