कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जिल्ला अस्पतालमा नवशिशु स्याहार कक्ष

धनकुटा — जिल्ला अस्पतालले शनिबारदेखि सुविधासम्पन्न नव शिशु स्याहार (एसएनसीयू) कक्ष सञ्चालनमा ल्याएको छ ।

जिल्ला अस्पतालमा नवशिशु स्याहार कक्ष

पछिल्लो समय स्तरीय गर्भवती सेवा तथा विभिन्न उपचारका लागि नाम कहलिँदै गएको उक्त सरकारी अस्पतालले नवशिशु स्याहार कक्ष समेत सञ्चालनमा ल्याएको हो ।


नवजात शिशुलाई जन्मनासाथ तत्काल दिइनुपर्ने उपचार तथा स्याहारका लागि उक्त विशेष कक्ष सुरु गरिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.फणिन्द्र बरालले जनाए ।


कक्षमा नवजातलाई शितांग हुनबाट बचाउन, तापक्रम सन्तुलन राख्न, बच्चाको मोनिटरबाट अक्सिजन, मुटु धडकन, रक्त सञ्चालन लगायतको अवस्था थाहा पाउन प्रविधियुक्त बनाइएको बरालले बताए । ‘प्रसूतिसम्बन्धी ९९ प्रतिशत समस्या जिल्ला अस्पतालबाट समाधान गर्न सक्नेछौं ।’

प्रकाशित : असार १०, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?