कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गुम्बाबाट बुद्ध मूर्ति चोरी

डोल्पा — शे–फोक्सुण्डो तालको किनारमा अवस्थित रिग्मगाउँको साङ्खे लामाको गुम्बाबाट सातवटा बुद्धमूर्ति चोरी भएका छन् । गाउँका मानिस र साङ्खे लामाका परिवार यार्चा टिप्न पाटन गएको मौका छोपेर चोरले गुम्बाको मूलढोकासहित भित्रका चारवटा ढोकाका मिरो उखेलेर मूर्ति लगेका थिए ।

गुम्बाबाट बुद्ध मूर्ति चोरी

स्थानीय आङबहादुर लामाका अनुसार यी मूर्ति सयौं वर्ष पुराना हुन् । चोरी भएकामध्ये एउटा साढे एक फिट अग्लो र अन्य ६ वटा मूर्ति सानो कदका भएको उनले बताए ।


डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिप्रसाद शर्माले गुम्बाबाट ऐतिहासिक बुद्धमूर्ति चोरी भएको जानकारीमा आएको बताए । गुम्बा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रहरी इकाई नभएकाले जानकारी आउन ढिला भएको उनको भनाइ छ ।

प्रकाशित : असार १०, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?