कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एउटै विद्यालयबाट ५ विद्यार्थीको ४ जीपीए 

लालप्रसाद शर्मा

पोखरा — शनिबार प्रकाशित एसईई परीक्षाको नतीजामा पोखराको एक विद्यालयका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् ।

एउटै विद्यालयबाट ५ विद्यार्थीको ४ जीपीए 

देशैभरबाट २४ विद्यार्थीले ४ जीपीए ल्याएकोमा एउटै विद्यालयका ५ विद्यार्थी रहेका छन् । यसैगरी पोखराकै फिस्टेल एकेडेमीका सुशान्त रानाभाटले पनि ४ जीपीए ल्याउन सफल भएका छन् ।

मदरल्यान्डका प्रिन्सीपल नारायण बरालले परीक्षाको नतीजाले विद्यालय परिवारमा खुशीको सीमा नरहेको बताए । ‘पूर्वाधार, शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातारण र विद्यार्थीलाई आवस्यक स्वन्त्रता रहने गरी पढाईमा स्वामित्व लिने हैसियतलगायत कारणले यो नतीजा आएको हो,’ उनले भने, ‘विगतका परीक्षामा पनि जिल्ला, क्षेत्र र राष्ट्रियस्तरको सफलताको निरन्तरता ठानेका छौं ।’


उक्त विद्यालयबाट १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ ए प्लस, ३५ ए र ८ जना बि प्लसमा उत्तीर्ण भएका छन् ।


पोखराको फिस्टेल एकेडेमीबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने सुशान्त रानाभाट आमासँग तस्बिर खिचाउँदै । तस्बिर : लालप्रसाद शर्मा


फिस्टेल एकेडेमीका प्रिन्सीपल चिनु रानाभाटले विद्यालयले बनाएको पढाईको रुटीनको फ्रेमवर्कभित्र रहेर विद्यार्थीले मेहनत गरेका कारण सफलता मिलेको बताए । सबै विद्यार्थीले आफूहरुको मिहेनतका कारण सफलता हासिल मिलेको प्रतिक्रिया दिएका छन् ।



प्रकाशित : असार १०, २०७५ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?