२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रेल्वे कनेक्टिभिटीको समझदारी पत्र चीन भ्रमणको महत्वपूर्ण दस्तावेज : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् । चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आइतबार स्वेदश फर्केका प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै  सो कुरा बताएका हुन् । 

रेल्वे कनेक्टिभिटीको समझदारी पत्र चीन भ्रमणको महत्वपूर्ण दस्तावेज : प्रधानमन्त्री

उनले चीनसँग रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उनले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएका बताएका छन् ।


प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे जारी गरिएको प्रेस नोटको पूर्ण पाठ :


प्रकाशित : असार १०, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?