कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कर्मचारी अभावले न्याय सम्पादनमा समस्या : जोशी

हरिराम उप्रेती

काठमाडौँ — कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले कर्मचारी अभावमा न्याय सम्पादनमा समस्या परेको बताएका छन् । 

कर्मचारी अभावले न्याय सम्पादनमा समस्या : जोशी

जिल्ला अदालत गोरखाको निरीक्षण गर्न आएका जोशीले अदालतमा २०६२ सालबाट कर्मचारी पदपूर्ति हुन नसकेको बताए । अदालतहरुमा १७ सय कर्मचारी थप आवश्यक रहेको तथ्यांक निकालिएको छ ।


‘मुद्दाको चाप दोब्बरले बढेको छ, कर्मचारी कम छन्,’ जोशीले भने । आफ्नो कार्यकालमा अदालतको पञ्चवर्षिय योजनालाई व्यवस्थित बनाउने जोशीको भनाइ छ ।


शनिबार यहाँ आएका जोशीले निर्माण सुरु हुन लागेको जिल्ला अदालतको नयाँ कार्यालय भवनको निरीक्षण गरे ।


२०७२ सालको भूकम्पले अदालतको पुरानो भवनमा क्षति पुर्‍याएपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत भवन निर्माण सुरु भएको छ । १६ करोडको लागतमो ६ तले भवन निर्माण गर्न लागिएको हो ।


आइतबार विहान उनले गोरखकाली मन्दिरमा विशेष पुजा समेत गरेका छन् । प्रधानन्याधीशमा सिफरिस हुनु पहिले पनि जोशी गोरखाकाली मन्दिरमा पुजाका लागि आएका थिए ।

प्रकाशित : असार १०, २०७५ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?