ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री मेयर गणका मेजर धिरेन्द्र जंग शाही  ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

ब्राउन सुगरसहित सेनाका मेजर पक्राउ

उनीसँगै बाँके राप्तीसोनारी–९ का रेम पौडेल पनि पक्राउ परेका छन् ।


उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी राजेन्द्र आर्यालले बताए ।


मेजर शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले शनिबार साँझ ढकेरीस्थित एक कटेजमा छापा मारी पक्राउ गरेको हो ।


पक्राउ परेका पौडेल लागूऔषधको ठूलो कारोबारी रहेको प्रहरीको दाबी छ ।


उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरु विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर गरी आइतबार अदालतबाट म्याद थप गराइएको छ ।


प्रकाशित : असार १०, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?