कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि राजदूतमा सिफारिस

मलेसियाका लागि पाण्डे

काठमाडौँ — सरकारले भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतको लागि सिफारिस गरेको छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती भारतका लागि राजदूतमा सिफारिस

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेती र पाण्डेको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि उनीहरुको नाम एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ । पाण्डे साउदी अरेबियाको राजदूत भइसकेका व्यक्ति हुन् ।


भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय चुनावका लागि फर्केदेखि खाली छ भने मलेसियामा निरञ्जनमानसिंह बस्न्यात फर्केपछि खाली रहेको छ ।

न्यूयोर्कको स्थायी प्रतिनिधि र यूएइको राजदूत पनि खाली रहेको छ ।


प्रकाशित : असार ३२, २०७५ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?