१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेटो कहिल्यै बलियो हुँदैनः ट्रम्प

रासस/एएफपी

हेल्सिन्की — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताएका छन् । 

नेटो कहिल्यै बलियो हुँदैनः ट्रम्प

उनले भने,'यो नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रुपमा पनि काम गर्न सक्दैन ।'


सोमबार बिहानको खाजा खाने क्रममा फिनल्याण्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा उनले सो धारणा राखेको बताइएको छ ।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न राष्ट्रपति ट्रम्प सोमबार हेल्सिन्की पुगेका छन् । सोही क्रममा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।


उनीहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् । युरोप भ्रमणबाटै पछ्याइरहेका मिडियाले यहाँ राष्ट्रपति ट्रम्पका हरेक क्रियाकलापहरुमा निकै चासो दिएका छन् ।


राष्ट्रपति ट्रम्पले हालैमात्र गरेको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उनी यहाँ आइपुगेका हुन् ।


यस उच्चस्तरीय वार्ताबाट हालैका दिनमा यी दुई देशबीच विकसित राजनीतिक असमझदारीहरुका बारेमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

प्रकाशित : असार ३२, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?