कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूपदार्थसहित तीन युवा पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — इनरुवा–दुहबी सडक खण्डमा पर्ने गडन पुल नजिकै प्रहरीले सोमबार भारीमात्रामा लागूपदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ । 

लागूपदार्थसहित तीन युवा पक्राउ

प्रहरीले मोटरसाइकल चालक इनरुवा नगरपालिका–९ बविया बस्ने २२ वर्षीय सत्यनारायण मेहता, देवानगञ्ज गाउँपालिका–२ बस्ने १८ वर्षीय साजित अन्सारी र सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने २१ वर्षीय नारायण मेहतालाई पक्राउ गरेको हो ।


उनीहरुका साथबाट प्रहरीले कालो ब्यागमा २ हजार ७ सय ८६ स्पाज्मो प्रोक्सिभन क्याप्सुल, ४५ बोतल कोरेक्स डिएक्स, ३ सय २० फाइल नाइट्रोसन, तीन थान मोबाइल र मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए ।


इनरुवातर्फ गइरहेको को २२ प ५६४८ नम्बरको मोटरसाइकलमा चढेका तीनजनालाई गड्न पुल नजिकै रोकेर खानतलासी गर्दा लागूपदार्थ बरामद गरेको नायब उपरीक्षक चिमोरियाले बताए । उनीहरु तीनै जनालाई लागूपदार्थ ओसारपसार अन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३२, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?