कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भक्तपुरमा स्कुल बस दुर्घटना, ५९ घाइते 

भक्तपुर — मध्यपुर ठिमी नगरपालिका–९ निलबराही बोडेस्थित बिहीबार स्कुल बस दुर्घटना हुँदा ५८ विद्यार्थीसहित ५९ जना घाइते भएका छन् । 

भक्तपुरमा स्कुल बस दुर्घटना, ५९ घाइते 

प्रहरीका अनुसार क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी बोकेर भक्तपुर तर्फ आईरहेको बा १ क ९२५० बस सडकको किनारा भासिन गई सडकबाट करिब ३ मिटर तल पल्टिदा बसमा सवार ५८ जना विद्यार्थी र १ सहचालक सहित ५९ जना घाइते भएका हुन् ।


दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासिन्दाको सहयोग अस्पताल पुर्‍याइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


घाइते मध्ये २४ जनाको सामुदायिक अस्पताल गठ्ठाघरमा, ३५ जनाको मध्यपुर अस्पताल ठिमीमा उपचार भईरहेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।


नागरिक सामुदायिक अस्पतालमा उपचाररत २४ मध्ये ३ को अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेहरुमा सह–चालक २८ वर्षीय अनिल थापा, १४ वर्षीया सर्मिला वादीको सोही अस्पतालमा र ४ वर्षीया प्रतिज्ञा श्रेष्ठलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामङ्गल रिफर गरेको डीएसपी पोखरेलले बताए ।

प्रकाशित : श्रावण ३, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?