३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अग्रज पत्रकार खनालको दुर्घटनामा निधन

काँकडभिट्टा — झापाका अग्रज पत्रकार गोपीकृष्ण खनालको निधन भएको छ । बिहीबार दिउँसो जीपको टक्करबाट घाइते उनको उपचारका क्रममा राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अग्रज पत्रकार खनालको दुर्घटनामा निधन

उनलाई सुरुमा विर्ता सिटी अस्पताल भर्ना गरिएपनि त्यहाँ उपचार सम्भव नभएपछि विएन्डसी अस्पताल भर्ना गरिएको खनालका नातेदार तीर्थ सिग्देलले जानकारी दिए ।


साइकलमा चढेर घर फर्किदै गरेका खनाललाई विर्तामोड–२ चारपाने नजिकै मे १ ज ६५८ नम्बरको जीपले ठक्कर दिएको थियो । विर्तामोड–३ का ७० वर्षीय खनाल झापाका अग्रज पत्रकार साथै साहित्यकार हुन् । उनी ‘नयाँ कामना’ साप्ताहिक पत्रिका सम्पादक समेत थिए ।

प्रकाशित : श्रावण ४, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?