१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

४० वर्षदेखि ओछ्यानमा !

नारायण शर्मा

नवलपरासी — मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका कनुवा चौधरी ४० वर्षदेखि अाेछ्यानमै छन् । अतिबिपन्न परिवारका ५२ वर्षीय कनुवा चौधरी २०३५ सालदेखि ओछयानमा थलिएका छन् । उनको हात, खुट्टा बाङ्गिएका छन् भने शरीर सुक्दै गएको छ । 

४० वर्षदेखि ओछ्यानमा !

रोगले थलिएर ४० वर्ष पुगिसक्दा पनि चिकित्सकलाई देखाएको छैन । उनलाई के रोग लागेको हो भन्ने नै थाहा हुन सकेको छैन । ‘१२ वर्षको उमेरसम्म हट्टाकट्टा र फुर्तिलो थियो । ज्वरोले थलियो झारफुक र जडिबुटी खुवाउँदा निको भएन, खुट्टा टेक्न छोड्यो हातखुट्टा बाँगिदै गए, त्यसयता ओछ्यानमै छ,’ उनकी आमा लक्ष्मी चौधरी बताउँछिन ।

४० वर्षदेखि कनुवा घरको एउटै ओछ्यानमा छन् । सानो घरको भुइतलाको एउटा खाटमा दाहिनेतिर कोल्टे परेर उनी पल्टिरहन्छन् । उनका हातखुट्टाका औला कुहिएका र सुक्दै गएका छन् । शरीरको तौल करिब २१ किलो छ । दिशापिसाब ओछ्यानमै गराउनु पर्छ । कोल्टे फेर्न समेत सक्दैनन् ।

उनको स्मरणशक्ति भने तेज छ । एकपटक आवाज सुनेको ब्यक्तिलाई उनले सजिलै चिन्छन् र नाम पनि भन्न सक्छन् । गतवर्षदेखि उनका आँखा कमजोर भएका छन् । बोल्न भने राम्ररी सक्छन् । ७५ वर्षिया आमा लक्ष्मीले होटलमा भाडा माझ्ने काम गर्छिन् । झारफुक गर्ने कनुवाका बुवाको १५ वर्ष अघि नै मृत्यु भएको थियो । उनका भाई र दुई बहिनी छन् ।


गाँउघरमा पटक पटक उनको परिवारलाई राहत दिन आउनेहरुको बाक्लै संख्या हुने गरेपनि कसैले चिकित्सकलाई देखाउने अग्रसरता लिएका छैनन् । अरुणखोला बजारमै स्वास्थ्य संस्था भएपनि भगवानको खेल भन्दै उनलाई औषधि गराइएको छैन । उनको घरबाट ९ सय मिटरको दुरीमा जिल्ला आयुर्वेद अस्पताल र प्राथामिक स्वास्थ्य केन्द्र रहेपनि आजसम्म चिकित्सकलाई देखाएको छैन । एक्ली आमाले स्याहार गर्दै आएकी छन् । भाई पनि मजदुरी गर्दै आफ्नो परिवार पाल्ने गरेका छन् ।

मध्यबिन्दु नगरपालिकाले उनलाई अति फरक र जटिल अपांगता भएको भनेर मासिक २ हजार भत्ता घरमै आएर दिने गरेको छ ।

उनकी छिमेकी इन्जु कार्की थापाले इजरायलमा कामको रहेकाबाट जुटाएर पठाएको २ लाख ५५ हजार सहयोग बैंकमा राखिदिएकी छन् । उक्त रकमबाट आउने ३ महिनाको ७ हजार ब्याजले चौधरी परिवारलाई हातमुख जोर्न सघाएको छ ।

उनलाई बिभिन्न ब्यक्तिले पनि बेलाबेलामा सहयोग गर्दै आएका छन् । कनौवाको स्वास्थ्य बारे स्थानीय देवचुली टेलिभिजनले वृत्तचित्र निर्माण र प्रसारण गरेपछि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै आएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?