२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पहिरोमा पुरिंदा २ को मृत्यु, तीन घाइते

भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिका ६, छिर्कमा स्थानीय भक्तबहादुर बुढाको घर पहिरोले पुरिंदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।

पहिरोमा पुरिंदा २ को मृत्यु, तीन घाइते

पहिरोमा पुरिएर भक्तबहादुरकी श्रीमती ५५ वर्षीया लली बुढा र ९ वर्षीया नातिनी सिर्जनाको मृत्यु भएको हो । पहिरोमा परेर घरमुली ६१ वर्षीय भक्तबहादुर, १३ वर्षीय नाती पारस र ७ वर्षीय नातिनी खीमा गम्भीर घाईते भएको स्थानीय मोतीलाल शाहीले बताए ।


ईलाका प्रहरी कार्यालय गर्खाकोट र स्थानीय बासिन्दाले घाईतेहरुको उद्धार गरिरहेको शाहीले बताए । घाईतेको उद्धार तथा उपचारको पहल भैरहेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । पहिरोको कारण छिर्क गाउँका ३ घर जोखिममा परेको उनले बताए । घटना स्थल जुम्लाको सिमानामा रहेकोले उद्धारमा केहि ढिलाई भएको प्रजिअ बस्नेतले बताए । पहिरोमा परी भक्तबहादुरका गाई, बाख्रा, कुखुरालगायत मर्नुको साथै घरभित्र रहेको सबै सम्पत्ति नष्ट भएको उनले बताए ।


प्रकाशित : श्रावण ४, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?