२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

रासस/एएफपी

वासिङ्टन — अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । 

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।


आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ ।


सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।


स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?