१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल अष्ट्रेलिया सचिवस्तरीय संयन्त्रको पहिलो बैठक बिहीबार हुँदै

नारायण खड्का

अष्ट्रेलिया — नेपाल र अष्ट्रेलियाका विदेश सचिवस्तरीय संयन्त्रको पहिलो औपचारिक बैठक भोली बिहीबार काठमाडौंमा हुने भएको छ ।

नेपाल अष्ट्रेलिया सचिवस्तरीय संयन्त्रको पहिलो बैठक बिहीबार हुँदै

नेपाली टोलीको नेतृत्व विदेश सचिव शंकर बैरागीले गर्नेछन् भने अष्ट्रेलियाको नेतृत्व विदेश मन्त्रालयका उच्च अधिकारीले गर्ने अष्ट्रेलियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।


नेपाल र अष्ट्रेलियाबीचको व्यापारिक, कूटनीतिक, सामाजिक लगायतका सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्य राखेर करिब एक वर्षअघि यो संयन्त्रको निर्माण भएको थियो । संयन्त्र निर्माण भएपछि पहिलो बैठक नेपालमा आयोजना गर्ने सहमति अनुसार यो बैठक काठमाडौंमा हुन लागेको हो ।


बैठकको तयारीका लागि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा साताअघि नै काठमाडौ गइसकेकी छन् । बैठकले नेपाल अष्ट्रेलियाबीचको व्यवसायिक कूटनीतिक, आर्थिक लगायतका आपसी सम्बन्धका साथै विद्यार्थीका मुद्दाले समेत प्राथमिकता पाउने दूतावासले जनाएको छ ।


क्यानबेरामा रहेको दूतावासका एक उच्च अधिकारीका अनुसार अष्ट्रेलियाले यो बैठक कसले नेतृत्व गर्ने स्पष्ट नपारेको भएपनि विदेश मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा शिक्षा र गृह मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलित हुदैछन् ।


यसैगरी नेपालबाट परराष्ट्र सचिव बैरागीको नेतृत्वमा गृह तथा शिक्षा मन्त्रालयका सचिव लगायतको सहभागिता रहनेछ । ती अधिकारीले नेपाल र अष्ट्रेलियाको दौत्य सम्बन्ध कायम भएपछिको यो नै पहिलो उच्चस्तरीय बैठक भएको दाबी गर्दै यसले नेपालको लागि धेरै सम्भावनाका ढोकाहरु खोल्न सक्ने विश्वास व्यक्त गरे ।


दूतावासका अनुसार बैठकमा मुख्य गरेर अष्ट्रेलियाको लगानीलाई नेपालमा थप आकर्षित गर्नका लागि विभिन्न सम्भावनाहरुको खोजी गरिनेछ भने उच्च शिक्षाका लागि अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुको भिषा प्रक्रिया सहजताका लागि काठमाडौमा नै कार्यलय स्थापना गर्नुपर्ने लगायतका विषयहरुमा जोड दिईनेछ ।


यसका साथै नेपाल र अष्ट्रेलियाबीचमा लामो समयदेखि हुन नसकेको उच्चस्तरीय कूटनैतिक भ्रमणको लागि समेत पहल गरिनेछ । ‘पहिलो औपचारिक बैठक भएकाले बैठकपछिको नतिजा के हुन्छ भनेर सोच्नु भन्दा पनि उच्चस्तरीय बैठकको सुरुवात हुनुलाई नै हामीले सफलताका रुपमा लिएका छौं ।’ ती अधिकारीले भने ।

प्रकाशित : श्रावण ३०, २०७५ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?