टीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश

अर्जुन शाह

धनगढी — टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ । कैलाली जिल्ला अदालतमा बुधबारदेखि घटनाको सुनुवाई प्रक्रिया सुरु भएको हो ।

टीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश

पहिलो पेसीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको भदौ २४ गते वादी र प्रतिवादीका साक्षीलाई बुझ्ने आदेश दिएको छ ।


पूर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तहरुलाई अदालतमा झिकाइएको थियो ।


एक नाबालक र रेशम चौधरीसहित २६ जना विरद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ । उनीहरु पूर्पक्षका लागि थुनामा छन् ।

ती नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा राखिएको छ । अन्य २४ जना कैलाली कारागार छन् ।


‘पहिलो पेसीमा दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश भएको छ’ शाखा अधिकृत नरबहादुर नेगीले भने ‘बुधबारदेखि टीकापुर घटनाको न्याय निरुपण प्रक्रिया आरम्भ भयो ।’


०७२ भदौ ७ मा टीकापुर हत्याकाण्ड भएको थियो । थरुहट/थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी टीकापुर घटनामा एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?