३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सदरमुकाम जोड्ने पक्की सडक भत्कियो 

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाको सदरमुकाम चैनपुरलाई जोड्ने एक मात्र जयपृथ्वी राजमार्गको सिमखेतमा रहेको पक्की सडक भत्किएको छ ।

सदरमुकाम जोड्ने पक्की सडक भत्कियो 

केहीदिन देखि लगातार परेको वर्षाका कारण सिमखेतको चौण भन्ने ठाउँमा ३५ मिटर पक्की सडक भत्किए पछी सदरमुकाम आउने सबै सरवारीका साधनहरु बन्द भएका छन् ।


सडक भत्किए पछि सिमखेत बसपार्क बाट सदरमुकाम चैनपुर लगायत जिल्लाको उत्तरी भेगमा चल्ने सबै साना तथा ठुला सवारीका साधनहरु सिमखेतमा नै रोकिएका छन् ।


भत्किएको सडकको माथी पट्टी सानो मोटरसाईकल र मान्छेहरु मात्रै आवत जावत गर्ने ठाँउ बाँकी रहेको छ । यद्यपी वर्षा नरोकिएका कारण बाँकी सडक पनि भत्किने क्रममा रहेको छ ।


माथी पट्टी भिर र तल पट्टी बाउली खोला भएका कारण आवत जावत नै बन्द हुने खतरामा रहेको स्थानीयले बताएका छन् ।


पक्की सडकलाई बचाउनका लागि सिमखेतदेखि बाउली खोलाको पक्की पुल सम्म तटबन्धन गरिएको भएपनि पहिरो गएको ठाउँमा भने तटबन्धन गरिएको छैन ।

प्रमुख जिल्ला अधिकारी प्रेम सिहं कुवँरले अबको केही दिनबाट सडक खुलाउने काम हुने बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?