१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुम्बा विहार चाँडो पुनर्निर्माण गर्न मागसहित काठमाडौंमा प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्प प्रभावित गुम्बा विहार पुनर्निर्माणलाई गति दिन माग गर्दै बौद्धमार्गीहरुले काठमाडौंमा बुधबार र्‍याली तथा प्रदर्शन गरेका छन् । नेपाल गुम्बा विहार महासंघको अगुवाईमा भृकुटीमण्डपबाट निस्केको र्‍याली सहिदगेट, सुन्धारा हुँदै रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

गुम्बा विहार चाँडो पुनर्निर्माण गर्न मागसहित काठमाडौंमा प्रदर्शन

देशका विभिन्न जिल्लाबाट भेला भएका महासंघ आबद्ध बौद्धमार्गीहरुले प्लेकार्ड, व्यानर र पोसाकसहित प्रदर्शन गरेका थिए । उनीहरुले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका १ हजार ३२० गुम्बा र विहारहरू सर्वेक्षण प्रतिवेदन २ हप्ताभित्र सार्वजनिक गर, मित्र राष्ट्रहरूबाट प्राप्त अर्बौं आर्थिक सहयोग बोद्ध गुम्बा र विहार पुनर्निर्माणका लागि तुरून्त वितरण गर, गुम्बाहरूको सर्वेक्षण गर, गुम्बा शिक्षालाई संस्कृत शिक्षासरह शैक्षिक मान्यता प्रदान गरजस्ता नारा लगाएका थिए ।


र्‍यालीमा सहभागीले लुम्बिनी विकास गैरबुद्धिस्टको नियुक्ति खारेज, गुम्बाहरूमाथि कर लगाउने निर्णय खारेजी र हिन्दु मन्दिरसरह सुविधा प्रदान गर्नुपर्ने, बौद्ध धर्मका चाडपर्वहरूलाई हिन्दू चाडपर्वसरह सार्वजनिक बिदा दिनु पर्ने र बुद्ध जन्मेको नेपाललाई बौद्ध राज्य घोषणा गर्नसमेत माग गरेका छन् ।


प्रकाशित : श्रावण ३०, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?