१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्छौं : सेभ द मिसन

१८ औं एसियाली खेलकुद
ध्रुव तुलाधर

काठमाडौँ — नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले १८ औं एसियाली खेलकुदमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । एसियाड शनिबार इन्डोनेसियाको जकार्ता र पालेम्बाङ सहरमा औपचारिक सुरु हुँदै छ ।

अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्छौं : सेभ द मिसन

एसियाडका लागि त्यसतर्फ जानुअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव समेत रहेका विष्टले भने, ‘यसपल्ट तयारी लामो र राम्रो भएकाले विगतमा भन्दा उत्कृष्ट नतिजा ल्याउने छौं ।’


उनले थपे, ‘हामी स्वर्ण पदक जित्छौं त भन्दैनौं तर पहिलाको तुलनामा धेरै पदक ल्याउँछौं ।’


जकार्ता एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदै छ । त्यसमध्ये लामो र छोटो समयको गरी १९ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको विष्टले बताए । उनका अनुसार प्रशिक्षणबाट प्राप्त रिपोर्टका आधारमा विगत एसियाडमा भन्दा राम्रो नतिजा आउने अपेक्षा गरिएको हो ।


नेपालले एसियाड इतिहासमा १ रजत र २२ कांस्य पदकमात्र जितेको छ । पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको थियो ।


नेपालले भाग लिने २३ खेलमध्ये २३ जकार्ता र ६ खेलको प्रतिस्पर्धा पालेम्बाङमा हुनेछ । नेपालका १ सय २९ पुरुष र ५६ महिला खेलाडीले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराँते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकटाक्रो, स्पोर्टस क्लाइम्बिङ र स्केटबोर्डमा प्रतिस्पर्धा गर्नेछन् । पालेम्बाङ भने टेनिस, सुटिङ, ट्रायथलन, सेपाकटाक्रो, स्पोर्टस क्लाइम्बिङ र स्केटबोर्डका खेलाडी पुग्नेछन् ।


नेपालले पाराग्लाइडिङ, पेन्केक सिलात, स्पोर्टस क्लाइम्बिङ, कुराँस, स्केटबोर्डमा पहिलोपल्ट एसियाड खेल्दै छ । यी खेल इन्डोनेसिया एसियाडमा समावेश १० नयाँ खेलमध्येका हुन् ।


विष्टले तेक्वान्दो, कराँते, जुडो, बक्सिङ, पाराग्लाइडिङबाट पदकको बढी आस गरिएको बताउँदै अन्य खेलबाट पनि पदक आउने जानकारी गराए ।


सेभ द मिसन विष्टले यस एसियाडका लागि ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको बताए । त्यसमध्ये सरकारबाट ५ करोड उपलब्ध भइसकेको छ । उनले तयारीमा साधन र स्रोतले भ्याएसम्म खेलाडीलाई बढीभन्दा बढी सुविधा प्रदान गरेको बताए । ‘खेलाडीको प्रशिक्षणका लागि सम्बन्धित संघबाट आएको प्रस्तावलाई सम्बोधन गर्ने प्रयास गरेका छौं,’ उनले भने, ‘पदक सम्भावना भएका र नेपालमै हुने १३ औं एसियाली खेलकुद (साग) को तयारी मध्यनगर गर्दै एसियाडमा अहिलेसम्मकै सबैभन्दा बढी खेलमा खेलाडी सहभागी गराएका छौं ।’


ओलम्पिक काउन्सिल अफ एसियासँग आबद्ध ४५ राष्ट्रले झन्डै १० हजार खेलाडीले भाग लिने इन्डोनेसिया एसियाडको उद्घाटन र समापन जकार्तामा हुनेछ । ‘इनर्जी अफ एसिया’ भन्ने सन्देष बोकेको एसियाडको उद्घाटन शनिबार हुने भए पनि फुटबल, बास्केटबल, ह्यान्डबललगायत टिम खेलको प्रतिस्पर्धा सुरु भएको छ ।


नेपालले पनि फुटबलमा जापानविरुद्ध खेलिसक्यो । मंगलबार नेपालले जापानसँगको विगतको प्रदर्शनमा सुधार ल्याउँदै खेल १–० ले हारेको थियो । नेपाल यसअघि जापानी टोलीसँग सन् २०१४ को इन्चोन एसियाडमा ४–० र १९९८ को बैंकक एसियाडमा ३–० को हार बेहोरेको थियो । समूह ‘डी’ मा रहेको नेपालले बिहीबार भियतनाम र आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।



एसियाड खेल्ने नेपाली खेलाडी

(पुरुष–१२९, महिला–५६)

भारोत्तोलन–४

विकास थापा ७७ केजी

कमलबहादुर अधिकारी ६९ केजी

सन्जु चौधरी५३ केजी

तारादेवी पुन७५ केजी

बक्सिङ–८

तेजबहादुर देउजा ४९ केजी

प्रेम चौधरी५२ केजी

भूपेन्द्र थापा६४ केजी

दीपक श्रेष्ठ७५ केजी

विष्णुप्रसाद घले६९ केजी

विमला श्रेष्ठ५१ केजी

संगीता सुनुवार ५७ केजी

पुनम रावल६० केजी

आर्चरी–५

मीनप्रसाद गौचन

तिलक पुन मगर

रोशन नगरकोटी

असिम शेरचन

ज्ञानु अवाले

सुटिङ–३

कल्पना परियार (व्यक्तिगत १० मि एयर राइफल)

सुस्मिता नेपाल (मिक्स टिम, १० मि एयर राइफल)

सुसे चौधरी(मिक्स टिम, १० मि एयर राइफल)

एथलेटिक्स–६

यामसाजन सुनार१०० मिटर, २०० मिटर

गोपीचन्द्र पार्कीम्याराथन

कृष्ण बस्नेत म्याराथन

सोमबहादुर कुमाल८०० मिटर

सरस्वती भट्टाराई८०० मिटर, १५०० मिटर

विश्वरुपा बुढा५००० मिटर, १०००० मिटर

टेबलटेनिस–६

स्यान्टु श्रेष्ठ

दीप साउन

अमरलाल मल्ल

नविता श्रेष्ठ

रविना महर्जन

स्वेच्छा नेम्वाङ

कराँते–८

सोनाम लामा

विजय लामा

दिवस श्रेष्ठ

पर्शुराम बाँस्तोला

चन्चला दनुवार

अनु अधिकारी

सुनीता महर्जन

रीता कार्की

ब्याडमिन्टन– ८

रत्नजित तामाङ

दीपेश धामी

नवीन श्रेष्ठ

विकास श्रेष्ठ

नङसल तामाङ

अमिता गिरी

जेसिका गुरुङ

रसिला महर्जन

पाराग्लाइडिङ–८

विमल अधिकारी

विशाल थापा

सुशील गुरुङ

विजय गौतम

युकेश गुरुङ

पार्वती भुजेल

सविता तामाङ

त्रिशा श्रेष्ठ बम्जन

कबड्डी– १२ (टिम)

लालमोहोर यादव

नागेश्वोर थारु

महेश बोहोरा

विजय चन्द

रन्जित गजमेर

दुर्गा कुमाल

भूपेन्द्र चन्द

अशोक थापा

सागर चौधरी

अमित कुँवर

महेश मण्डल

मनोज नापित

साइक्लिङ–३

लक्ष्मी मगर(क्रसकन्ट्री)

राजेश मगर(डाउनहिल)

बुद्धिबहादुर मगर (क्रसकन्ट्री)

सेपाकताक्रो–५

रुपेश सुनार

रविन भट्टराई

गोविन्द मगर

दिपेशजंग थापा

संजित धिमाल

क्लाइम्बिङ स्पोर्ट–२

प्रनिल मान श्रेष्ठ ६७ केजी

पेम्बा श्रेष्ठ ५४ केजी

पेन्केक सिलात–१

विवेककुमार बिक६७ केजी


स्केटबोर्ड–१

निरिश थापा


भलिबल–१२ (टिम)

इमबहादुर मगर

हरिबहादुर अधिकारी

ईश्वर थापा

दिनेशराज गिरी

राजु शेरचन

धनबहादुर भट्ट क्षेत्री

नरेन्द्र गिरी

मानबहादुर श्रेष्ठ

कुलबहादुर थापा

दीपकराज जोशी

भैरवबहादुर बम

विशालबहादुर बिक

ट्रायथलन–४

वसन्त थारु(मिक्स टिम रिले)

दीपेश चौधरी (मिक्स टिम रिले)

सोनी गुरुङ(मिक्स टिम रिले)

रोजा केसी(मिक्स टिम रिले)

कुस्ती–३

भागवत शाह५७ केजी

सरोज यादव६५ केजी

सुरेश चुनारा७४ केजी

फेन्सिङ–८

राजनराज खड्का (फोएल टिम)

महेशप्रसाद भट्ट (फोएल टिम)

शेरसिंह ऐर (फोएल टिम)

सन्जिव लामा (फोएल टिम)

कमल श्रेष्ठ(साब्रे)

रबिना थापा(साब्रे टिम)

अस्मिता बस्नेत (साब्रे टिम)

मीनादेवी पौडेल (साब्रे टिम)

उसु– १०

विजय सिंजाली छानछ्वान

युवराज थापा नानछ्वान अलराउन्ड

पदम ठकुल्ला५६ केजी

मंगलप्रसाद थारु ६० केजी

वीरमान लामा६५ केजी

चित्रसिंह ठकुरी६८ केजी

सुस्मिता तामाङ छानछ्वान

निमा घर्तीमगरनानछ्वान अलराउन्ड

जुनी राई५२ केजी

लुमन्ती श्रेष्ठ६० केजी

जुडो–८

इन्द्रबहादुर श्रेष्ठ६७ केजी

सन्जित डंगोल७१ केजी

श्रीराम माकाजु८८ केजी

रविन श्रेष्ठ९८ केजी

देविका खडा५१ केजी

मनिता श्रेष्ठ प्रधान५६ केजी

फुपुल्हामु खत्री६२ केजी

पुनम श्रेष्ठ७७ केजी

कुराँस–२

उपेन्द्र थापा ६५ केजी

भगवती माझी ५१ केजी

गल्फ– ४

टंकबहादुर कार्की

शुक्रबहादुर राई

अजित बिक

पृथ्वी मल्ल

बास्केटबल– ८ टिम

अजय कुशवाह

निश्चल महर्जन

मवीन्द्र भण्डारी

मनिष केसी

अनुषा मल्ल

एलिना गुरुङ

भावना लामा

श्रेया खड्का

लनटेनिस–४

अभिषेक बाँस्तोला

संरक्षकभूषण बज्राचार्य

मायंका राणा

माहिका राणा

प्रणव खनाल

एनी माथेमा

फुटबल– २० टिम

किरणकुमार लिम्बु

एलेन न्यौपाने

सोजित गुरुङ

अनन्त तामाङ

आदित्य चौधरी

कमल श्रेष्ठ

सुमन अर्याल

दिनेश राजवंशी

रोहित चन्द

हेमन गुरुङ

हेमन्त थापामगर

गौरव बुढाथोकी

छिरिङ गुरुङ

अन्जन विष्ट

सुनील बल

विशाल राई

सुमन लामा

अभिषेक रिजाल

तेज तामाङ

विमल घर्तीमगर

तेक्वान्दो– १४

सागर गुभाजु५७ केजी

वीरबहादुर महरा६२ केजी

ज्ञानेन्द्र हमाल६७ केजी

भूपेन श्रेष्ठ७८ केजी

अनोज पुजारी८० केजी

अस्मिता खडा४९ केजी

निमा गुरुङ५३ केजी

ज्ञानी चुनारा५७ केजी

संगीता बस्याल५५ केजी

निशा रावल७५ केजी

कमल श्रेष्ठपुम्से, टिम (७२ केजी)

पार्वती गुरुङपुम्से, टिम (४५ केजी)

सिना मादेनपुम्से टिम (६६ केजी)

नीता गुरुङपुम्से टिम (६५ केजी)

पौडी–४

शिरीष गुरुङ५० र १०० मि फ्रिस्टाइल

सुगम श्रेष्ठ५० र १०० मि ब्रेस्टस्ट्रोक

गौरिका सिंह५०, १०० र २०० मि फ्रिस्टाइल

टिसा शाक्य५० र १०० मि फ्रिस्टाइल, ५० मि ब्रेस्टस्ट्रोक


स्क्वास–४

अमृत थापामगर

अरहान्तकेशर सिंह

ज्ञानु चौधरी

राजेन्द्र शाक्य

प्रकाशित : श्रावण ३०, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?