२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुरक्षागार्डको विभत्स हत्या

विराटनगर — महानगरपालिका-२ मा रहेको न्यू विकी हार्डवेयरमा सुरक्षागार्डमा कार्यरत ४८ वर्षीय टंकप्रसाद भट्टराईको अज्ञात समूहले हत्या गरेका छन् । निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयरमा कार्यरत भट्टराईको लास आइतबार बिहान विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुरक्षागार्डको विभत्स हत्या

हार्डवेयरमा ५ जना कर्मचारी र ४ जना मजदुर कार्यरत थिए । उनीहरु सबै शनिबार छुट्टिमा बसेका र भट्टराई मात्र रात्रि सुरक्षाका लागि खटिएका थिए । महानगरपालिका ४ घर भएका भट्टराईको हत्या भए पनि हार्डवेयर सञ्चालकले परिवारलाई जानकारी नदिएको पीडित परिवारजनको गुनासो छ । 'रात्रि ड्यूटीमा जानुभएका बुबा बिहान अबेरसम्म घर नआउँदा मैले हार्डवेयरमा फोन गरेँ', छोरी नविनाले भनिन्, 'पहिलोपटक फोन गर्दा बेहोस भएको र दोस्रोपटक फोन गर्दा मृत्यु भएको जानकारी दिइयो ।'


मृतकका आफन्तले हत्या रहस्यमय भएको र घटनामा हार्डवयर सञ्चालकसमेत संलग्नता रहेको आरोप लगाएका छन् । मृतकका दाजु देवीप्रसादले भने, 'मानिसको मृत्यु भइसक्दा पनि परिवारजनलाई जानकारी नदिनु र आफ्नो मान्छे खोज्दै आउँदा विभत्स लास फेला पर्नुले घटना रहस्यमय छ ।'


मालिकले तलब नबढाएको भन्दै त्यहाँ कर्मचारीले काम बन्द गरेका थिए । उनीहरुले भट्टराईलाई पनि काममा नआउन भनेका थिए । परिवारजनका अनुसार मालिक अग्रवालले शनिबार भट्टराईलाई बोलाएर रातिको सुरक्षा गर्न जिम्मेवारी दिएका थिए ।


मृतकका आफन्तजनले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रहरीलाई करिब दुई घण्टा घटनास्थलवाट लास उठाउन दिएका थिएनन् । शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल लगिएको छ ।


प्रकाशित : भाद्र ३, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?