कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भदौ २४ देखि सेनाको कमाण्ड सम्हाल्दै थापा

काठमाडौँ — मन्त्रिपरिषद्ले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहेका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको छ ।

भदौ २४ देखि सेनाको कमाण्ड सम्हाल्दै थापा

कार्यकाल सकिनु एक महिनाअघि साउन २५ देखि प्रधानसेनापति राजेन्द्र क्षत्री बिदामा छन् ।

त्यही दिनदेखि कामु प्रधानसेनापतिको जिम्मेवारीमा रहेका थापालाई मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको हो ।


सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कामुप्रधानसेनापति थापालाई प्रधानसेनापति बनाउने निर्णय मन्त्रिपरिषदले गरेको बताए ।

राष्ट्रपतिबाट नियुक्ति भएपछि थापाले भदौ २४ देखि प्रधानसेनापति पद सम्हाल्नेछन् ।

प्रकाशित : भाद्र ३, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?