कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ ऐन प्रेस स्वतन्त्रताको मर्म विपरित : आइएफजे

काठमाडौँ — अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐेन २०७४ ले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाएको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नयाँ अपराध संहिताले गरेको व्यवस्था प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

नयाँ ऐन प्रेस स्वतन्त्रताको मर्म विपरित : आइएफजे

अपराध संहिताको गोपनियता र मानहानी सम्बन्धी व्यवस्थाको दफा २९३ देखि ३०८ ले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई अपराधको रुपमा व्याख्या गरेको महासंघले ठहर गरेको छ । दफा २९३ ले बिना पूर्व इजाजत कसैको पनि कुराकानी सुन्न र रेकर्ड गर्न बन्देज लगाएको तथा २९५ ले बिना इजाजत फोटो खिच्न प्रतिबन्ध गरेको उल्लेख गर्दै उक्त व्यवस्थाले अनुसन्धनात्मक पत्रकारितलाई निरुत्साहित गर्न खोजिएको महासंघले बताएको छ ।


'नयाँ ऐनले लगाएको विभिन्न प्रकारको बन्देज प्रति आइएफजेको गम्भीर ध्यानकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त व्यवस्थाहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिद्धान्त विपरित छ । हामी त्यसमा तत्काल संशोधनको माग गर्दछौँ । ती व्यवस्थाहरु पत्रकारलाई प्रताडीत गर्न तथा अभिव्यक्ति स्वतन्त्रतालाई निरुत्साहित गर्न दुरुपयोग हुन सक्ने सम्भावना रहन्छ ।'

प्रकाशित : भाद्र ५, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?