पूर्व मन्त्री पोखरेल सम्मानित

काठमाडौँ — पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित कार्यक्रममा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमा सिंहेद्वारा सम्मानित भएका छन् । 

पूर्व मन्त्री पोखरेल सम्मानित

सेक्टेम्बर १७ देखि १९ सम्म श्रीलंकाको कोलम्बोमा सञ्चालन भईरहेको ग्लोबल पार्लियामेन्टरियन फोरम फर इभ्यालुयसनद्वारा आयोजित इभल कोलोम्बो २०१८ कार्यक्रमका विभिन्न देशका २ सय ७० भन्दा बढि सांसदहरुको उपस्थिती रहेको छ ।


विश्वाव्यापी रुपमा इभ्यालुयसनलाई स्थापित गर्न र नेपालको संविधानमा इभ्यालुयसनको विषयलाई समावेश गराउँदै नेपाल सरकारलाई पनि यस मुद्दामा आत्मसात गराउन सफल भएको भन्दै पोखरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ ।


सन् २०१३ मा नेपालबाट आनन्दप्रसाद पोखरेल श्रीलंकाबाट यातयात, उच्च शिक्षा र लगनी मन्त्री कविर हसन लगायतले प्रारम्भ गरेको पार्लियामेन्टरियन फोरम फर इभ्यालुयस आज विश्वका ७० देशमा फैलिएको छ ।

प्रकाशित : आश्विन २, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?