जुवा खेलेको अभियोगमा पाँच जना पक्राउ

दुर्गालाल केसी

दाङ — जुवा खेलेको अभियोगमा प्रहरीले तुलसीपुरमा पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-८ अश्वारास्थित बालकृष्ण डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार बेलुका ४३ हजार १ सय रुपयाँ नगद र ताससहित पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

जुवा खेलेको अभियोगमा पाँच जना पक्राउ

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९ का ३३ वर्षीय तारा केसी, वडा ८ का ३१ वर्षीय सुरेन्द्रसिंह राठौर, वडा २ का २७ वर्षीय शोभाराम वली, थारमारे ५ सल्यानका ३६ वर्षीय दिलबहादुर सुनार र ४१ वर्षीय तेजबहादुर खड्का रहेका छन् । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ३, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?