कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रदेश र स्थानीय तहको स्थायी संगठन संरचना बनाइदै

रासस

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी रुपमा नै प्रदेश र स्थानीय तहको संगठन संरचना बनाइरहेको छ । 

प्रदेश र स्थानीय तहको स्थायी संगठन संरचना बनाइदै

यसभन्दा अगाडि अस्थायी रुपमा बनाइएको संगठन संरचनामा सुझाव आएपछि स्थायी रुपमा प्रदेश र स्थानीय तहको संगठन संरचना सर्वेक्षण तयार पार्न थालिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।


मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अर्थमन्त्रालयका सह-सचिवद्वयको सदस्य रहेको संगठन संरचना सर्वेक्षण समिति गठन गरिएको थियो ।


'पहिले भएको अस्थायी संगठन संरचनाअनुसार प्रदेश तहले बढी कर्मचारीको दरबन्दीको माग गरेका छन्' उनले भने,'५० प्रतिशतभन्दा बढी स्थानीय तहले कर्मचारीको दरबन्दीमा परिवर्तन गर्न सुझाव दिएका छन् । ती दुवै सुझावलाई समेटेर स्थायी सर्वेक्षण गरिने छ ।'


उनले स्थायी संगठन संरचना भएपछि अस्थायी रुपमा रहेको कर्मचारी दरबन्दीमा केही थपघट हुने बताए । सर्वेक्षणबाट नै स्थायी रुपमा कर्मचारीको दरबन्दी संख्या लागू गरिने बताइएको छ ।


संघले बनाएको स्थायी कर्मचारी दरबन्दीलाई दुई वर्षसम्म प्रदेश र स्थानीय तहले परिवर्तन गर्न पाउने छैनन् । दुई वर्षपछि प्रदेश र स्थानीय तहको आवश्यकता अनुसार उक्त स्थायी दरबन्दीलाई परिवर्तन गर्ने सक्नेछन् ।


अस्थायी संगठन संरचना अनुसार प्रदेशमा करीब १६ हजार र स्थानीय तहमा ५७ हजार कर्मचारी दरबन्दी छ । संघको भने यसअघिकै कर्मचारी दरबन्दी लागू गरिने छ । सर्वेक्षण सकिएपछि अस्थायी रुपमा रहेको संगठन संरचना खारेज गरिने छ ।

प्रकाशित : आश्विन ४, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?