कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत

मकर श्रेष्ठ

काठमाडौँ — संसदीय सुनुवाई समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतले स्वीकृत गरेको छ। समितिको बिहीबार बसेको बैठकले उनलाई सर्वसम्मत गरेको हो ।

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको थियो । भदौं २० गते बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो ।


अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले सपथ खुवाउनेछन् ।

गृह सचिवबाट अवकाश भएपछि घिमिरे चार वर्षअघि अख्तियारका आयुक्त नियुक्त भएका थिए ।


यसअघिका अख्तियार प्रमुख दीप बस्न्यात उमेरहदका कारण अवकाश पाएपछि प्रमुख पद रिक्त थियो ।

प्रकाशित : आश्विन ४, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?