२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

साँफेबगरमा सवारी चालक र प्रहरीबीच झडप 

मेनुका ढुंगाना

अछाम — अछामकको साँफेबगरमा यातायात मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले हवाई फायर र अश्रग्यास प्रहार गरेको छ । झडपमा एक जना यातायात मजदुर घाइते भएका छन् । 

साँफेबगरमा सवारी चालक र प्रहरीबीच झडप 

आखाँमा गम्भीर चोट लागेपछि घाइते बनेका चालक अर्जुन कुँवरको थप उपचारका लागि बयालपाटा अस्पतालले धनगढि रेफर गरेको छ । स्थिती तनावग्रस्त भएपछि साँफेबगर बजार बन्द भएको छ ।


प्रहरीलाई ढुंगामुढा गरेपछि भीडलाई नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर र केही अश्रुग्यास प्रहार गरिएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । आन्दोलनकारीहरुले अहिले इलाका प्रहरी कार्यालय साँफेबगर घेरिरहेको अछाम प्रहरीको भनाइ छ ।


सदरमुकाम मंगलसेनमा सार्वजनिक यातायात बन्द गराउदै हिँडेका ७ जना यातायात मजदुरहरुलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको थियो ।


बन्दले सदरमुकाम मंगलसेन सहित जिल्लाभरको सवारी आगमन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् ।


मुलुकमा जारी भएको नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको भन्दै चालकहरुले सवारी साधन चलाएका छैनन् ।

प्रकाशित : आश्विन ४, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?