लागू औषधसहित दम्पती पक्राउ
हेटौंडा — लागू औषध कारोबार गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१९ का ३७ वर्षीय गोपी स्याङबो र २९ वर्षीया सरिता स्याङबोलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले स्याङबो घरबाट डाइजेपाम ५ सय ९० एम्पुल, ब्युनोर्फिन ५ सय ४० एम्पुल र फेनार्गन ५ सय ७७ एम्पुल गरी १ हजार ७ सय ७ एम्पुल लागू औषध बरामद गरेका थियो ।
सुराकीको आधार स्याङबोको घर प्रहरीले खानतलासी गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाएर राखेको अवस्थामा लागूऔषध फेला पारेको थियो ।
सा-साना प्लाष्टिकमा प्याक गरेर बोरामा लुकाएर राखिएको थियो । प्रहरीले घर खानतलासी गर्न लाग्दा गोपी स्याङबो फरार भएका थिए । प्रहरीले उनको पत्नी सरितालाई मंगलबार पक्राउ गरेको थियो । फरार भएका गोपीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्याङबो दम्पतीलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।
प्रकाशित : आश्विन ४, २०७५ १७:३८