कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यावसायीको दादागिरीः दसैंको टिकट बुकिङ नगरिने

वार्ता मार्फत समाधान गर्छौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी
राजु चौधरी

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको छ । सरकारले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिएको जनाउँदै अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो । 

व्यावसायीको दादागिरीः दसैंको टिकट बुकिङ नगरिने

‘इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेका थियौ । तर, सरकारबाट कुनै सुनुवाई भएन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘महासंघका पदाधिकारीबीच भएको छलफलमा अग्रिम टिकट बुक नगर्ने निर्णय भएको छ ।’

सरकारले पटक/पटक मूल्यवृद्धि गरेकाले सवारी साधन चलाउन सक्ने अवस्था नभएको उनले जानकारी दिए । ‘चाडपर्व नजिकै आएकाले सरकारले पनि विचार गर्नुपथ्र्यो । १५/२० दिनको लागि किन मूल्यवृद्धि भयो,’ उनले प्रश्न गरे ।

अग्रिम टिकट बुकिङ नभएपनि सवारी साधन भने दैनिक सुचारु हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउदै आयल निगमले हालै पेट्रोलमा दुई र मट्टितेल/डिजेलमा ३/३ रुपैँया मूल्य बढाएको थियो ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने टिकट बुकिङ हुने दाबी गरे । ‘यसअघि व्यवसायीहरुसँग भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको छ । सहमतिकाे बीचमा मूल्यवृद्धि भयो । विरोध गर्नु स्वभाविक हो,’ सचिव मधुसुदन अधिकारीले भने, ‘त्यसको मतलब व्यवसायीहरु तयार नभएका होइनन् । बुकिङ हुन्छ ।’ ‘यदी टिकट बुकिङ भएन भने वार्ता मार्फत समाधान गर्छौँ,’ उनले भने ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले पनि दसैंको प्रि बुकिङ शुक्रबारबाटै खुल्ने दाबी गरे । ‘सहमति निर्णय अगााडि नै भएकाले मूल्यवृद्धि र विरोधको विषयमा विभागलाई केही जानकारी छैन,’ उनले भने, ‘मूल्यवृद्धिकै कारण हो भने त्यसलाई सरकारले सम्बोधन गर्छ । तर, अग्रिम टिकट बुकिङ हुन्छ ।’

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य अस्वभाविक बढेकाले बाध्य भएर मूल्य बढाएको बताए । मूल्य वृद्धि स्वचालित प्रणाली अन्तर्गत भएकाले फिर्ता लिन सम्भव नहुने निगमले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले १५ दिनमा निगमको घाटा ३१ करोड ६७ लाख रुपैयाँ छ,’ उनले भने, ‘स्वचालित मूल्यबाट समायोजन गरिएको मूल्य फिर्ता लिनु उचित हुदैन ।’

प्रकाशित : आश्विन ४, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?