कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अस्पताल जाँदा साँघुबाट खसेर मृत्यु

बसन्तप्रताप सिंह

बझाङ — उपचारको लागि जिल्ला अस्पताल हिडेका एक जना बृद्धको साँघुबाट खसेर मृत्यु भएको छ । छविस पाथिभेरा गाउँपालिका–६ बगडाका ७९ वर्षीय भन्टुरे चलाउनेको साँघुबाट खसेर ज्यान गएको हो । 

अस्पताल जाँदा साँघुबाट खसेर मृत्यु

सोमबार साँझ स्थानीय तिलगंगा भन्ने खोलामा रहेको काठको साँघुबाट चिप्लिएर उनि खोलामा खसेका थिए । साँघु रहेको ठाउँ भन्दा करिब दुई सय मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

दमका बिरामी चलाउने उपचारका लागि सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पताल जान घरबाट हिडेका थिए । उनको शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यहाँका नदी तथा खोलामा झोलुङ्गे पुल नहुदा बर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउदै आएका छन । गत साउनमा स्कुलबाट घर फर्कदै गरेका दुई बालिकाको बाहुलीगाड खोलामा रहेको साँघु तर्ने क्रममा खसेर मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन ९, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?