१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अर्थ समितिमा सांसदले सोधे- 'ठेक्काजति पप्पुलाई नै किन ?'

विमल खतिवडा

काठमाडौँ — व्यवस्थापिका–संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा बोल्दै सांसदहरुले सबै ठेक्का पप्पु कन्स्ट्रक्सनले नै किन पाउनु पर्ने? भन्दै प्रश्न गरेका छन् । प्रश्नसँगै उनीहरुले यसको कारण पत्ता लगाउन समेत माग गरेका छन् । सभापति चुनिएपछि पहिलोपटक बसेको बैठकमा सुरुमै सांसद रामकुमारी झाँक्रीले पप्पुलाई नै किन यति धेरै टेण्डर पर्छन्? कि पारिन्छ ? भन्दै प्रश्न उठाइन् । 

अर्थ समितिमा सांसदले सोधे- 'ठेक्काजति पप्पुलाई नै किन ?'

‘यो कन्स्ट्रक्सनले ठेक्का लिएर समयमै पुल निर्माण नसकेका थुप्रै उदाहरण छन्,’ उनले भनिन्,‘ यति थाहा पाउँदापाउँदै फेरि राष्ट्र बैंकको भवन बनाउने टेण्डर उसले फेरी कसरी पार्‍यो ? ।’


उनले खराबी कहाँ छ भन्दै यसको सही समाधान खोज्नु पर्ने माग गरिन् । ‘ खराबी सरकारको कार्यशैलीमा वा ऐन नियम केमा छ ?,’ उनले भने, ‘जेमा छ, त्यसमा सुधार गरौं ।’ त्यस्तै अर्का सांसद श्यामकुमार श्रेष्ठले सार्वजनिक खरिद ऐन अनुसार सस्तोमा ठेक्का दिने नाममा एउटै व्यक्तिले बारम्बार ठेक्का पाइरहनु गलत भएको भन्दै कानुन संशोधन गर्नु पर्ने माग राखेका छन् ।


त्यस्तै सांसद कुमारी तुल्सी थापाले पप्पु कन्स्ट्रक्सनले नै बारम्बार ठेक्का पाउनु कारण केहो र राष्ट्र बैंकको ठेक्का कसरी पप्पुले पायो भन्दै यसबारे छलफल गर्नु पर्ने माग गरिन् । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार जति विषयमा कुरा उठे चार महिनाको एक्सन प्लान बनाएर गर्ने भन्ने रहेको छ । उनले पप्पु कन्स्ट्रक्सनको समस्याबारे कुरा उठेकाले यसलाई छलफलको विषय बनाइने बताए ।

प्रकाशित : आश्विन ९, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?