१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेवारहरु 'कुछी भ्वय्' खाँदै

सुनीता साखकर्मी

भक्तपुर — नेवार समाजमा धेरै प्रकारको भोज खाने चलन छ । समय भोज, मान्छे मर्दाको भोज, पूजा पर्वमा हुने भोज, सिउ क्या भ्वय् भनेर बोकाको आँखा, टाउको, नाक, सि लगायत लिएर भोज गर्ने चलन नेवार समाजमा छ । त्यसमध्ये पनि मोहनी नख:को दिनमा नेवारहरुले भोज खान्छन् ।

नेवारहरु 'कुछी भ्वय्' खाँदै

फरक उद्देश्यले खाने भएकोले यसलाई कुछी भ्वय् भनिन्छ । पहिले यसलाई कुल: छि भ्वय् भनिन्थ्यो, पछि यो अपभ्रशं भएर कुछी भ्वय् भनिएको हो । आफ्नो दाजुभाइ, कुलका दाजुभाइ सँगै बसेर खाने भोज भएकोले यसलाई कुल छि भ्वय् भनिएको हो । विदेशमा बसेका मानिसहरु पनि सँगै बसेर खाने परम्परा छ ।


कुछी भनेको दुई माना चिउरा राखेरै पनि भोज खाने परम्परा छ । बच्चाहरुले खान नसक्दा दुई माना जाने कुले वा कुरुवामा कपडा कोचेर खानसक्ने राखिदिएर भोज खाने चलन छ । नेवारहरले सालको पात वा अन्य थालमा नभई केराको पातमै खाने चलन छ । केराको पात नभेटे सानो एक टुक्रा भएनी केराको पात राख्नुपर्छ । मासुका परिकार, अचारका परिकार, साग, दही, सिसापुसा (फलफूलका टुक्रा) राखेर घरको पिखालाखीमा पूजा गरिनछ । परिवारको मानिस उपस्थित नभए पनि उसको भाग राखेर यो भोज खाने चलन छ । घरको जेठो व्यक्तिदेखि लिएर सानोसम्म क्रमबद्ध रुपमा बसेर खाने चलन छ । घरको विवाहित छोरीबेटी, आफन्त, भान्जाभान्जीसमेत सम्मिलित गर्ने चलन छैन । आफ्नै परिवारजन मात्रै बसेर खान्छन् ।

प्रकाशित : आश्विन ३१, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?